८ कार्तिक २०७८, सोमबार

लमजुङको बेशीशहर नजिक भूकम्प !

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार १९:३४


काठमाडौ । लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङको बाँझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बेशीशहर क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको थियो । बेशीशहर आसपासमा क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गृह मन्त्रालय, राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत् उक्त जानकारी दिइएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा