११ कार्तिक २०७८, बिहीबार
फूटबल

साफ उपविजेतालाई जनही १ लाख

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार २०:१५


विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १र१ लाख दिने निर्णय घोषणा गरेको छ ।

शनिबार बसेको एन्फाको १८ औं साधारण सभाको बैठकले उपविजेता टोलीलाई १र१ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो  । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

यसअघि प्रदेश १ सरकारले पनि उपविजेता टोलीलाई १र१ लाख दिने घोषणा गरिसकेको छ । यस्तै विराटनगर महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५०र५० हजार नगद पुरस्कार दिने जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा