१९ मंसिर २०७९, सोमबार

शिक्षाका क्षेत्रमा राज्यले ध्यान नै छैन : प्रकाशमान सिंह

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार २०:३५


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षाका क्षेत्रमा राज्यले ध्यान दिन नसकेको आरोप लगाएका छन् ।

नेपाल शिक्षक संघले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले स्थानीय, प्रदेश र केन्द्र सरकारले शिक्षाको क्षेत्रमा ध्यान दिन नसकेको बताएका हुन् ।

उनले दुई तिहाईको वर्तमान सरकारले संविधानले दिएको अधिकार पनि जनतामाझ लैजान नसकेको आरोप पनि लगाए । उनले संविधानको कार्यान्वयनका लागी पनि सरकारले प्रयाप्त कानून बनाउन नसकेको टिप्पणी पनि गरे ।

उनले शिक्षाको गुणस्तरमा वृद्धि हुन नसक्दा लाखौ बिद्यार्थीहरुका साथै शिक्षकहरुपनि असुरक्षित गरेको धारणा राखे । कार्यक्रममा नेता सिंहले केहि शिक्षकहरुलाई स्म्मान गरेका थिए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा