५ जेष्ठ २०७९, बिहीबार
राजनीति

विप्लवलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको साथ, निकाले यस्तो विज्ञप्ति

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार २१:०७


काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘क्रान्तीकारी माओवादी’ले विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ ।

शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र सो समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा अन्त्यमा भनिएको छ – ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा