८ माघ २०७८, शनिबार

कांग्रेस नेता सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै रक्तदान

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार ०७:२७


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान हुने भएको छ ।

सिटौला उपचाररत काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि वृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

सिटौलाका सम्पूर्ण सुभेच्छुकको संयुक्त आयोजनामा हुने उक्त रक्तदानमा सहभागी हुन सबैलाई विनम्र आग्रह गरिएको छ । दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियान थालिएको हो ।

नेता सिटौलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । कांग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख, नेता कार्यकर्ता र शुभेच्छुकहरु अस्पतालमा भेट्न शनिबार अस्पतालमै पुगेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा