६ कार्तिक २०७८, शनिबार

आईपीएलमा दिल्लीको खेल आज, सन्दीप टिममा पर्लान ?

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार ०८:४१


काठमाडौं । बहुचर्चित टी-ट्वान्टी फ्रेन्चाईज लिग इण्डियन प्रिमियर लिग ‘आईपीएल’को १२ औं संस्करणको दोस्रो दिन आज ‘आइतबार’ दुई खेल हुँदैछ ।

आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले मुम्बईसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुवै टोली लिगमा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

स्क्वाड हेर्ने हो भने दुवै टोली निकै बलियो देखिएको छ । मुम्बईको टोलीमा अनुभवी हार्ड हिटरको तथा दिल्लीमा युवा हार्ड हिटरको बाहुल्यता रहेको छ । बलिङमा भने केहि हदमा दिल्ली नै अगाडी रहेको देखिन्छ । दुवै टोलीसंग ब्याक अप खेलाडी पनि उत्कृष्ट रहेका छन् ।

दिल्ली अहिलेसम्म फाइनल पुग्न नसकेको एक मात्र टिम हो भने मुम्बई सफल टिम मध्येको एक । सन् २०१२ पछि दिल्ली प्ले अफ पुग्न सकेको छैन । मुम्बईले ३ पटक उपाधि उचालेको छ ।

हेड टु हेड

मुम्बई र दिल्ली हालसम्म २२ पटक आमने सामने भएका छन् । दुवै टोलीले समान ११र११ पटक जित हात पारेका छन् । तर, पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने मुम्बईमाथी दिल्ली हाबी रहेको छ ।

पछिल्लो पाँच भेटमा दिल्लीले ४ पटक मुम्बईलाई पराजित गरेको छ । त, अन्तिम पटक दिल्लीलाई हराउँदा भने मुम्बईले इतिहाँस रचेको थियो ।

सन् २०१७ मा भएको खेलमा दिल्लीलाई १४६ रनको फराकिलो अन्तरले पराजित गर्दा आईपीएल इतिहाँस कै फराकिलो जित दर्ता गराएको थियो । गत बर्ष दिल्लीले जित निकाल्दा मुम्बई चौथो पटक प्ले अफ पुग्नबाट बन्चित भएको थियो ।

मुम्बईका प्रमुख खेलाडी

मुम्बईले तीन बिधाकै उत्कृष्ट खेलाडी कप्तान रोहित शर्मा, हार्दिक पाण्ड्या र जस्प्रित बुम्रालाई यस सिजन रिटेन गरेको छ । रोहितको कप्तानीको प्रसंसा विश्व भर हुने गरेको छ भने उनको ब्याटिङ निकै कलात्मक रहेको छ ।

जस्प्रित मुम्बईको प्रमुख बलर हुन् । उनले गत सिजन १७ विकेट हात पारेका थिए । पहिले मुम्बईको लागि जुन योगदान लासित मालिंगाले दिने गरेका थिए अहिले बुम्राले पुरा गर्दै आएका छन् । उनि विपक्षी टिमका लागि सुरुवाती र अन्तिम ओभरहरुमा घातक बलिङ गर्ने गर्छन ।

अलराउण्डर पाण्ड्याले गत सिजन आफ्नो आईपीएल करिअर कै उत्कृष्ट पारि खेलेका थिए । ब्याटिङतर्फ २६० रन जोडेका उनले १८ विकेट समेत हात पारेका थिए । उनि एक उत्कृष्ट फिल्डर समेत हुन् ।

दिल्लीका प्रमुख खेलाडी

अघिल्ला सिजनहरु सनराइजर्स हैदरावादबाट आक्रामक ब्याटिङ गर्ने शिखर धावन यो बर्ष दिल्लीका लागि ब्याट घुमाउने छन् । यस्तै युवा खेलाडी पृथ्वी शाह र ऋषब पन्त पनि ब्याटिङमा मुख्य भूमिका खेल्ने छन् ।

तीब्र बलिङतर्फ विश्वका उत्कृष्ट बलर ट्रेन्ट बोल्ट र कागीसो रबाडा रहेका छन् । बल नचाउने छन् नेपाली स्पिनर सन्दीपले । गत सिजनको आईपीएलबाट नै टी(ट्वान्टीमा डेब्यु गरेका १८ बर्षे सन्दीपले विश्वभरको टी(ट्वान्टीमा आफ्नो जादु देखाइसकेका छन् ।

सन्दीपले गत बर्ष मुम्बईविरुद्ध ३ विकेट हात पार्दै उत्कृष्ट प्रदर्शन गर्दा दिल्लीलाई जित दिलाउन ठुलो योगदान गरेका थिए । यस सिजन सन्दीप दिल्लीको पहिलो खेलबाटै मैदान उत्रने सम्भावना रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा