६ माघ २०७८, बिहीबार

बुहारीलाई फेसबुक चलाउन बन्देज

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार ११:०९


बेलिना थापा

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल ‘फेसबुक’ चलाउने रहर छ ।फेसबुकमा के हुँदो रहेछ भन्ने उनलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ ।

परिवारको कुरा काट्न नसकेपछि उनले फेसबुक चलाएकी छैनन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भनीन्, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’

१९ महिनाअघि कामको सिलसिलामा दुबईमा गएका श्रीमान फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताए। ‘खोई किन हो । फेसबुक चलाउँछु भन्न खोज्दा कराउछन्।

किन चलाउनुप¥यो भन्छन्’ कक्षा ८ सम्म अध्ययन गर्नुभएका कृपाले भने, ‘आफ्नो श्रीमानले भनेको मान्नै प¥यो । फेसबुकमा देशभरका गतिविधि थाहा पाउँछन् भनिन्छ । मलाई पनि कुरा बुझ्न मन छ । म बुहारी भएकै कारण चलाउन पाउँदिन ।’

कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् ।

गाउँकै आइतकुमारी विकले पनि फेसबुक चलाउनु हुन्न । गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर बस्ने गरेको उनले बताए। ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु ।

फेसबुक पनि चलाउँकी जस्तो लाग्छ’ उनले भने, ‘श्रीमानले चलाउन दिन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’ एकबर्षअघि साउदी गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताए।

गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसंग कुराकानीका लागि मोबाइल लिएकी हुँ । उनले पनि अरु बुहारीले जस्तै इमोमा कुराकानी गर्छन्। ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ ।

उनले भने, ‘फेसबुककै कारण कति महिला विग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिएको होला । बुढाले भनेको मान्नै प¥यो ।’गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका घरपिच्छे जस्तो युवा विदेश गएका छन् । कतिका श्रीमती बजार झरेका छन् । कति गाउँमै छन् ।

सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल ‘फेसबुक’ कसैले चलाउन पाउँदैनन् । कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेको छ । उनले भने–‘पढेलेखेका त चलाउँदैनन् ।

नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’ बजार झरेका श्रीमतीहरु फेसबुकबाटै मायामा परी परिवारलाई विचल्ली पार्ने खबर आइरहेकाले श्रीमानले रोक लगाएको हुन सक्ने उनले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा