८ कार्तिक २०७८, सोमबार

प्रहरीले समात्यो बौद्धबाट सात जुवाडे

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार ११:५९


काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु. २ लाख ९८ हजार नगदसहित सात जुवाडे पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घरभाडामा बस्दै आएका तेन्जिङ शेर्पाले जुवा अखडा सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टाँसी छेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात जना रहेको चन्दले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्रीहरू एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान गरी प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा