रोल्पाका ८४ बालबालिकालाई पुनःमिलन
इन्द्र रिजाल
चैत १०, २०७५ आइतबार १७:५१:७
रोल्पा । बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडांका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।
परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय अध्ययन गरिरहेका छन्”, सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भने ।
विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालीम दिई समाजमै पुनःस्थापना गरेको बताइएको छ । फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् । बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ ।
“मानवअधिकार सचेतन केन्द्र नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतका क्षेत्रमा सहयोग गरी पुनः बालश्रममा जानबाट रोक्ने प्रयास गरेका छौँ”, हुरेक रोल्पाका कर्मचारी धरेन्द्र डाँगीले भने ।
जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका दुई हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले जानकारी दिए । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरीबीका कारण बालश्रममा संलग्न हुन बाध्य भएको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो
बैशाख ३, २०८१ सोमबार
काठमाडौं वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार