३ कार्तिक २०७८, बुधबार

सोमबार १० अर्बको टे«जरी बिल बिक्री गरिँदै

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार १९:४५


काठमाडौं । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको बैंंकले आज एक सूचनामार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टे«जरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आज मात्रै रु पाँच अर्ब बराबरको रिपो बोलकबोल गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता