एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख दिने
इन्द्र रिजाल
चैत १०, २०७५ सोमबार २:५१:१५
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने भएको छ । नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले सर्वोत्कृष्ट खेलाडीलाई बार्षिक रुपमा अपार्टमेन्ट पुरस्कार दिने कामको थालनी गरेका थिए । उनको कार्यकालमा सागर थापा, रितेश थापा र राकेश श्रेष्ठले अपार्टमेन्ट पुरस्कार पाएका थिए । यद्वपी पुरस्कार वापत पाएको अपार्टमेन्टमा उनीहरु बस्न पाएका छैनन् ।
अपार्टमेन्ट अगाडी एन्फाले बर्ष खेलाडीलाई कार पुरस्कार दिने व्यवस्था सुरु गरेको थियो । सो पुरस्कार उपेन्द्रमान सिंह र हरी खड्काले प्राप्त गरेका थिए ।
अपार्टमेन्ट पुरस्कार दिदाँ समस्या आएकाले एन्फाले पछिल्लो समय नगद पुरस्कारबाटै खेलाडीको सम्मान गर्न सुरु गरेको थियो । एन्फाले २०७३ सालमा राजु तामाङलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै २५ लाख रुपैयाँ सहित सम्मान गरेको थियो । उनी विभागीय टिम आर्मीका समेत खेलाडी हुन् ।
एन्फाभित्र आन्तरिक विवाद चुलिएपछि पुरस्कार वितरणको काम रोकिएको थियो । एन्फामा नयाँ नेतृत्व आएसगै पुरस्कार दिने व्यवस्थाले निरन्तरता पाएको हो ।
एन्फाको साधारण सभाले सर्वोकृष्ट खेलाडीलाई दिने २५ लाख रुपैयाँको बजेट समेत पारित गरेको छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले अपार्टमेन्ट दिने प्रक्रियामा समस्या आएकाले नगद पुरस्कारको व्यवस्था गरिएको खेलपाटीलाई बताए । ‘खेलाडीले पाउने २५ लाख रुपैयाँमा सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने र त्यसमा एन्फाले ५ लाख रुपैयाँ थप्नेछ ।’ उनले भने ।
खेलकुद मन्त्रालयले एन्फालाई दिने बार्षिक बजेटमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार शीर्षकमा २० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार