कांग्रेसको नेतृत्वमाथि दवाबै दवाव : जिल्ला सभापतिहरुको यस्तो रणनीति

इन्द्र रिजाल
चैत १०, २०७५ सोमबार ४:२२:५०

काठमाडौं । महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेपछि अहिले कांग्रेसका जिल्लासभापतिहरु पार्टी नेतृत्वप्रति रुष्ट छन ।
केही साता अघि मात्रै विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका जिल्लासभापतिहरुले केन्द्रिय समितीको निर्णयविरुद्ध आगामी चैत २० र २१ गते पुन भेला राख्ने निर्णग गरेको छ । यो संगै कांग्रेसभित्रको विवाद पुन बल्झिएको छ ।
लामो समयसम्म पनि पार्टी नेतृत्वलाई निर्णय सच्याउन दवाव दिएपनि निर्णयमा पुर्नविचार नगरेपछि जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका हुन ।
जिल्ला सभापतिहरुको ककनी भेलाका सुझाबका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले बाध्य भएर आफुहरुले पुन जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको भनाइ छ ।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए ।
साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।
पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए । तर जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए ।
केन्द्रिय समितीभन्दा माथिल्लो निकाय महासमिती बैठकले गरेको निर्णय उल्टाउनु गलत भएको भन्दै जिल्लासभापतिहरुले उठाएको विषय सही भएको कांग्रेस नेता धनराज गुरुङले बताए ।
यसअघि केन्द्रिय समितीको निर्णय विरुद्ध पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति समेत राखेका थिए । तीन साताअघि ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
मंसिर १५, २०८० शुक्रबार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा १० अर्बको भ्रष्टाचार, क-कसले लिए पैसा ?
मंसिर १५, २०८० शुक्रबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
मंसिर १५, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार