६ कार्तिक २०७८, शनिबार

मुम्बईलाई हराउँदै दिल्लीले विजयी यात्राको सुरुवात गर्यो

प्रकाशित मिति :  ११ चैत्र २०७५, सोमबार ०६:२८


एजेन्सी । दिल्ली क्यापिटल्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्दै दिल्लीले विजयी सुरुआत गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा दिल्लीले दिएको २१४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १९ ओभर २ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।

मुम्बईका लागि युवराज सिंहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै हार्दिक पाण्डयाले ३२ रन जोड्दा क्विन टन डी ककले २७ रन जोडे । दिल्लीका इशान शर्मा र कागीसो राबडाले २–२ विकेट लिए । यसअघि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । दिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । मुम्बईसंगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा पर्न सकेनन् ।

दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे ।

मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए । जितसंगै दिल्लीले २ अंकबाट सिजनको सुरुवात गरेको छ । मुम्बई भने घरेलु मैदानमै पराजित भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा