अमेरिका । उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ ।
गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कांग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन ।अर्थात् सो आरोपमा ट्रम्पलाई सफाइ भने मिलेको छैन ।
दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो । केहीलाई जेल पनि पठाइएको थियो ।यसैबीच प्रतिवेदनबारे ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गरेका छन् ।
उनले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो लाजको विषय हो कि देश यस्तो प्रक्रियामा जानुप¥यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो ।”
“कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पक्षलाई पनि खोज्नु जरूरी छ । यो मानमर्दनको गैरकानुनी प्रयास थियो, अन्ततः असफल सिद्ध भयो ।”