रौतहटबाट २ जना निरीक्षक निष्काशित

इन्द्र रिजाल
चैत ११, २०७५ सोमबार २१:४८:१०

रौतहट । एसइई परीक्षामा रौतहटबाट २ जना निरीक्षक निष्काशित भएका छन्। जिल्लाको दुर्गा भगवती गाउँपालिकाअन्तर्गत रहेको मत्सरी माविबाट एक जना र कटहरीया नगरपालिकाको कटहरीया माविबाट १ जना गरी २ जना परीक्षा निरीक्षक निष्काशित भएको शिक्षा विकाश तथा समन्य इकाइ कार्यालय रौतहटले जानकारी दिएको छ।
परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै अनुगमन टोलीले ती २ जना निरीक्षकलाइ निलम्वन गरेको इकाइ कार्यालय रौतहटका प्रमुख जयप्रसाद महतले जानकारी दिए। अन्य परीक्षा केन्द्रमा भने शान्तिपूर्वक परीक्षा सम्पन्न भएको उनले बताए।
आइतबारदेखि सुरु भएको एसइई परीक्षामा रौतहटबाट ७ हजार ६ सय ८२ जना परीक्षार्थी सामेल भएका छन्। ३० वटा परीक्षा केन्द्र रहेको रौतहटमा कुनै अप्रिय घटना नभएको ईकाइका प्रमुख महतले बताए। एसइईमा प्रदेश २ बाट ७० हजार ५ सय १८ जना विद्यार्थी सहभागी छन्।
यसैबीच ५८ वर्षीय अकलु माझी मुसहरले पनि चन्द्रपुर नगरपालिका – ९ स्थित जनजाग्रिती माविको केन्द्रबाट परीक्षा दिएका छन्। कक्षा १ देखि नियमित १० कक्षासम्म डुमरिया माविमा अध्ययन गरेका मुसहरले परीक्षा राम्रो गएको प्रतिक्रिया दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने
असोज १६, २०८० मंगलबार
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै
असोज १५, २०८० सोमबार
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
असोज १५, २०८० सोमबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार