३४ अर्ब तरलता हुँदा समेत केही बैंक सिसिडी समस्यामा
इन्द्र रिजाल
चैत ११, २०७५ मंगलबार ०:५८:०
काठमाडौं । क तथा वित्तीय संस्थामा फेरी कर्जा–पूँजी–निक्षेप अनुपात ‘सिसिडी रेसियो’ मा दबाब देखिएको छ । वित्तीय प्रणालीमा निक्षेप बढन नसकेको र कर्जाको माग उच्च भएपछि केही साना बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ ।
स्रोतका अनुसार सिसिडीमा दबाब देखिएपछि बैंकहरु अन्तर बैंक सापटीबाट सिसिडी व्यवस्थापन गर्न लागेका छन् । जसले गर्दा अन्तर बैंक सापटीमा पनि दबाब बढेको छ ।
पछिल्लो समय वित्तीय बजारमा ३४ अर्ब तरलता रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । तर केही बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको कारण अन्तर बैंक कारोबार बढेको हो ।
अन्तरबैंक सापटी पनि बढेपछि त्यसको ब्याजदर ५ दशमलव ५६ प्रतिशत पुगेको छ । अन्तर बैंक बयाजदर ५ प्रतिशत भन्दा माथि पुगेमा राष्ट्र बैंकले वित्तीय संस्थामा तरलता पठाउने गर्छ । सोही अनुसार बजारमा रिपो मार्फत तरलता प्रवाह गरेको स्रोतले जनाएको छ ।
तर अहिले बैंक तथा वित्तीय संस्थामा समग्रमा ७८ प्रतिशत सिसिडी भएपनि केही बैंकहरुको सिसिडी ८० प्रतिशतको हाराहारीमा पुगेपछि बैंकर्सहरुले अन्तर बैंक सापटीको माग बढाएका छन् । जसले गर्दा अन्तरबैंक ब्याजदर उच्च भएको हो । बैंकर्सहरुले सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी सहजै पाउन नसकिने बताएका छन् ।
केन्द्रिय बैंकले अन्तर बैंक सापटीबाट पनि सिसिडी गणना गर्न सकिने व्यवस्था गरेपछि बैंकहरुले आफुसँग भएको सबै पैसा लगानी गर्ने र महिनाको एकपटक अन्तर बैंक कारोबारबाट सिसिडी व्यवस्था गर्ने गरेका थिए । तर पछिल्लो समय सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी पाउन छाडेपछि केही बैंकहरु समस्यामा परेको स्रोतको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार