१९ मंसिर २०७९, सोमबार

नेविसंघलाई गाउँपालिका, नगरपालिका र महानगरपालिकाको जिम्मेवारी

प्रकाशित मिति :  ११ चैत्र २०७५, सोमबार २०:३४


पर्सा । नेपाली कांग्रेस पर्साले नेपाल विद्यार्थी संघ जिल्ला शाखालाई गाउँपालिका र नगरपालिकामा काम गर्न जिम्मेवारी दिइएको छ ।

सोमबार नेविसंघ जिल्ला पर्साको कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघलाई जिम्मेवारी दिइएको कुरा नेविसंघका जिल्ला अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा नेविसंघको विधान २०२७ को छैठो संशोसन २०७३ बमोजिम गाउँपालिका, नगरपालिका र महानगरपालिकाको जिम्मेवारी दिइएको उल्लेख छ ।

जिम्मेवारी पाउनेमा विरगंज महानगरपालिकाको संयोजकमा विवेक गुप्ता, पोखरिया नगरपालिका संयोजकमा संतोष महतो, पर्सागढी नगरपालिकामा मन्जीया मिश्रा, बहुदरमाई नगरपालिकाको संयोजकमा ललन सहनी, बिन्दावासीनी गाउँपालिकामा मुनराज तिवारी, धोबिनी गाउँपालिकामा विकास पटेल, सुमीर पाण्डे पकाहामैनपुर गाउँपालिका, जितेन्द्र मिश्रा छिप्रहरमाइ गाउँपालिका र अब्दुल कयुमलाई जगरनाथ गाउँपालिकाको संयोजक तोकिएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा