२१ मंसिर २०७९, बुधबार

वर्तमान सरकार असफलतातिर उन्मुख : भट्टराई

प्रकाशित मिति :  ११ चैत्र २०७५, सोमबार २१:१४


काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबीगरेका हुन् । भट्टराईले सरकारको एकवर्षे कार्यकालबाट जनता सन्तुष्ट हुन नसकेको आरोप लगाए ।

उनले भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर आफैंले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा