हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाइने

इन्द्र रिजाल
चैत १२, २०७५ मंगलबार ५:५५:४०

काठमाडौं । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ ।
‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार ‘पिके’ शेर्पा र उनका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लागेका हुन् ।
जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्भर फैलाउने लक्ष्यका साथ ४० वर्षे आरोही पिके शेर्पा १४ वर्षीय छोरा सोनामका साथ आरोहणमा जान लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा संलग्न छन् ।
शेर्पा बाबुछोराले अभियानअन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।
आरोहण सन् २०१९ को मार्च अन्तिमदेखि शुरु भई सन् २०२० मेसम्म दुई वर्षको अवधिमा सकिनेछ । अभियानको अन्तिम चरणमा सगरमाथाको आरोहण गर्ने अभियानले जनाएको छ ।
ताप्लेजुङका आरोही पिके शेर्पा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ‘टान’ का कार्यसमिति सदस्य एवं वातावरण तथा माउन्टेनरिङ शाखाका संयोजकसमेत छन् ।
अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको बताए ।
हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।
पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले नेपाललाई विश्वमा प्रवद्र्धन गर्न अभियान सान्दर्भिक हुने बताए । हिमालय उद्धार सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएकाले सात महादेशका उच्च हिमालबाट हिमाल संरक्षणको सन्देश उपयोगी हुने धारणा राखे ।
करीब रु ६ करोड खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास
मंसिर १८, २०८० सोमबार
ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
उच्च अदालत पाटनले धराैटीमा छाड्न आदेश दिएका चारजनालाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने
मंसिर १९, २०८० मंगलबार
ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’
मंसिर १९, २०८० मंगलबार
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो
मंसिर १९, २०८० मंगलबार
गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए : सिपिजे
मंसिर १९, २०८० मंगलबार
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार