५ जेष्ठ २०७९, बिहीबार
समाज

देशैभरि मौसम बदली : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति :  १२ चैत्र २०७५, मंगलवार ०९:०८


उपत्यकाका नगरहरुमा अपाङ्गता भएकाले पाएनन् राहत, जीवनयापनमा जटिलता

काठमाडौं । नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार रातिदेखि देशका अधिकाश ठाँउमा मेघगर्जन र हावाहुरी सहित पानी परेको छ । यो क्रम मंगलबार पनि दोहोरिने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाका धेरै स्थानमा अहिले पनि हल्का पानी परिरहेको छ ।

मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ भने कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने । तर ठूलो पानी पर्ने संभावना नरहेको महाशाखाले जानकारी दिएको छ । देशका पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने सम्भावना रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
संस्कृत भाषामा आकर्षण
नेपालबहस संवाददाता