शेयर बजारमा सुधार क्रम जारी
इन्द्र रिजाल
चैत १२, २०७५ बुधबार ०:५०:८
काठमाडौं । सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ ।
कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर रु २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५.१२ विन्दुले घटेको छ । बैंकिङ १.१६, होटल १.९४, विकास बैंक ०.०२, जलविद्युत् ३.२२, वित्त ०.२८, निर्जीवन बीमा २४.१९, उत्पादन ११.०६, अन्य ५.४२ र जीवन बीमा ०.५८ विन्दुले बढेका छन ।
सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ५८ लाख ३१ हजार ४८० बराबरको कारोवार भयो ।
यस्तै एनएमबी बैंकको रु ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ७४ लाख १७ हजार ५१४, प्राइम बैंक रु ६४ लाख ५३ हजार १५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो ।
स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३.९५, पोखरा फाइनान्स ३.०८, भार्गव विकास बैंक २.८६ प्रतिशतले कमाएका छन् ।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९.८१, मिथिला लघुवित्त वित्तीय संस्था ५.५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.११ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार