Advertisement

जब बिरुवाहरू
आफ्ना अन्तरवर्ति सौन्दर्य झिकेर
फुल्छन् ढकमक्क,
ठूला रूखहरू

पालुवा उमार्छन् झपक्क !
चराहरू गुँड लगाउँछन्,
अण्डा पार्छन् र कोरल्छन्
मानौं जगतमा घरजमको
लहर र उत्सब चलिरहेछ,
सूर्य अल्मलिएर
न्यानो बन्ने कि चिसो
भएकोछ अकमक्क !

आँगनमा निस्केर
गृहिणी खन्याउँछिन् फूलका जराभरि
प्रेममय हार्दिक जल
तब लाग्छ मलाई बल्ल
ए, वसन्त पो आएछ !

Advertisement
Advertisement