लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार १८:११:१३
काशीराम शर्मा
बाँके । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।
बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद ग¥यो त्यसको रेकर्ड प्रहरीसँगै छैन । सूचना माग्दा सबै नष्ट गरेको मुद्दा शाखाका प्रहरी निरीक्षक दीपक मल्ल बताउछन् । तर, कति परिमाण नष्ट गरिएको भनेर सोध्दा उनले एकिन जानकारी दिन सकेनन् ।
उनले बनावटी जवाफ दिँदै भने, “सबै नष्ट भयो ।” कानूनअनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पु¥याएर नष्ट गर्नुपर्छ । तर, वार्षिकरूपमा ठूलो परिणाममा लागुऔषध बरामद भए पनि प्रहरीसँग कति परिमाणमा नष्ट ग¥यो भन्ने तथ्याङ्क नै छैन तर, मुद्दा शाखाका प्रहरी निरीक्षक मल्ल भन्छन्, “बरामदपछि सार्वजनिक गरिएको सबै लागुऔषध नष्ट गरिएको छ, हामीसँग तथ्याङ्क छैन र दिन पनि मिल्दैन ।”
बरामद लागुऔषध नष्ट गर्दा अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सञ्चारकर्मी, नागरिक समाज र प्रहरी सबैको रोहबरमा हुनुपर्ने कानूनी प्रावधान छ तर, प्रहरीले अहिलेसम्म लागुऔषध नष्ट गर्दा यी कुनै पनि निकायलाई रोहबरमा राखेर नष्ट गरेको छैन ।
नष्ट गरेको प्रमाण सार्वजनिक नहुने भन्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले नष्ट गर्दा धेरै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुने बताए ।
“बरामद गर्दा प्रहरी मात्रैले बरामद गर्ने हुँदा बरामदको प्रमाण सार्वजनिक हुन्छ तर, नष्ट गर्न थुप्रै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुन्छ”, प्रहरी उपरीक्षक पौडेलले भने । लागुऔषधको जिम्मेवारी प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको हुने र प्रहरीले कानूनी प्रक्रिया टुङ्ग्याएपछि नष्ट गर्ने बेलामा मात्र प्रशासन कार्यालयका प्रतिनिधि बोलाउने गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
“नष्ट गर्दा मात्रै बोलाइने हुँदा बरामद गरिएको लागुऔषध दुरुपयोग हुने÷नहुने हामीलाई थाहा हुँदैन”, उनले भने, “त्यो प्रहरीलाई नै सोध्नुपर्छ ।” कानूनतः लागुऔषध बरामदपछि प्रमाणका रूपमा अदालतमा विवरण पेश गर्नुपर्छ ।
घटनाको सम्पूर्ण अनुसन्धान नसकुञ्जेल त्यसलाई नष्ट गर्न पाइँदैन । अनुसन्धान सकिएपछि मात्रै अदालतको फैसलाअनुसार, प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको रोहबरमा लागुऔषध नष्ट गरिनुपर्ने प्रावधान छ तर यहाँ यस्तो प्रक्रिया अहिलेसम्म पूरा गरिएको देखिँदैन ।
एक तथ्याकङ्अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाँजा १५ ग्राम बरामद गरिएको थियो ।
आर्थिक वर्ष २०७३÷७४ मा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाँजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।
आर्थिक वर्ष २०७४÷७५ मा ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाँजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ नाइट्रोजेपाम÷नाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भएको थियो तर, यी सबै लागुऔषध नष्ट गरिएको दाबी गरे पनि प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयमा यसको तथ्याङ्क नभएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार