एन्फाको विधान संशोधन, अदालत गए स्वत निलम्बन नहुने
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार २२:४५:२८
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पनि सदस्य न्यायिक निकायमा उजुरी नगरी अदालत गएमा स्वत निलम्बन हुने व्यवस्थालाई संशोधन गरेको छ ।
न्यायिक निकायमा जानु पर्दा संघको अनुशासन समिति, सदाचार समिति र पुनरावेदन समितिमा बिषय प्रवेश नगराई साधारण अदालत गए स्वत निलम्बन हुने व्यवस्था एन्फाले नयाँ विधानमा गरेको थियो ।
सोही व्यवस्था सहितको विधान एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पठाएको थियो । तर, फिफाले एन्फा विधानको धारा २४ को उपधारा ५ मा रहेको सो बाक्याशं झिक्न एन्फालाई भनेको हो ।
विराटनगरमा बसेको एन्फाको साधारण सभाले अदालत गए स्वत निलम्बन हुने व्यवस्था संशोधन गर्दै अदालत जान नपाउने पुरानै व्यवस्था विधानमा कायम गरेको छ ।
यस्तै, कार्यकाल सकिएपछि हुने निर्वाचनमा तत्कालिन कार्यसमिति सदस्यले निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् ।
कार्यकाल पुरा गरेका तत्कालिन कार्यसमितिका सदस्यले राजीनामा दिएर मात्र मताधिकार सहितको प्रतिनिधि हुन पाउने पुरानै व्यवस्थालाई एन्फाले कायम गरेको छ ।
संघको नयाँ विधानमा कार्यकाल पुरा भएर हुने निर्वाचनमा सो कार्यसमिति अन्तरिम हुने भएकाले मताधिकार सहित प्रतिनिधि हुने पाउने व्यवस्था गरेको थियो ।
यस्तै, नयाँ विधान अनुसार एन्फा प्रेसिडेन्ट कप खेल्ने उत्कृष्ट चार क्लबलाई निर्वाचनको मताधिकार दिएको छ । एन्फाले जिल्ला लिग, प्रदेश लिग हुदै एन्फा प्रेसिडेन्ट कप खेलाउने नयाँ अवधारणा अघि सारेको छ । विधानले एन्फा प्रेसिडेन्ट कप खेल्ने उत्कृष्ट चार क्लबलाई मताधिकारको प्रदान गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार