काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम समेत दिएका छन् । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दकाे आह्वान गरेका विप्लव नेतृत्वले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको थियो । तर १६ गतेको बन्द फिर्ता भएको छ ।
नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेकपासँग आग्रह गरेको थियो । १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ ।
नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण आफूहरुको निर्वाचन प्रभावित हुने भन्दै बार एसोसिएसनले बन्द फिर्त लिन आग्रह गरेको हो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।
अहिले देशभर एसईई परिक्षा संचालन भइरहेको छ । तालिका अनुसार चैत १६ गतेहुने ऐच्छिक प्रथम अन्तर्गत संस्कृत र ऐच्छिक गणित विषयका परिक्षाहरुलाई ध्यानमा राखेर बन्द फिर्ता लिइएको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि ओली सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ ।
विज्ञप्ति जस्ताकाे त्यस्तै :