११ कार्तिक २०७८, बिहीबार

तराई कांग्रेसको प्राण हो : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति :  १४ चैत्र २०७५, बिहीबार ०७:१७


कांग्रेस वरिष्ठ नेता पौडेल जापान सरकारको उत्कृष्ट अवार्डबाट विभुषित

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । धनुषाको शहीद नगर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए ।

उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । “अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उनले उल्लेख गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा