चिनियाँहरू पढाइका लागि विदेश जाने क्रम बढ्दो
इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार १७:३९:११
बेइजिङ । चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ ।
चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ ।
यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख ९६ हजार ३०० विद्यार्थीले आफै लगानी गरी विदेशमा पढ्न गएका मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सन् २०१८ मा पाँच लाख १९ हजार ४०० विद्यार्थीले विदेश गएर अध्ययन गरी फिर्ता भएका छन् जुन सङ्ख्या अघिल्लो बर्षभन्दा ३८ हजार ५०० ले बढी भएको मन्त्रालयले जानकारी गराएको छ ।
सन् १९७८ को अन्त्यपछि समुद्रपार गई अध्ययन गर्ने चिनियाँको सङ्ख्यामा वृद्धि भएको हो । चीनले खुला अर्थतन्त्रलाई अङ्गिकार गरेसँगै चिनियाँ विद्यार्थी विदेशमा गएर पढ्ने वैध बाटो खुलेको थियो ।
सन् १९७८ देखि सन् २०१८ को अन्त्यसम्ममा विदेशमा अध्ययनका लागि गएका विद्यार्थीको सङ्ख्या झण्डै ५० लाख ८६ हजार पुगेको छ । तीमध्ये अझै १५ लाख ३० हजार विद्यार्थीहरू अध्ययन तथा अनुसन्धानका शिलशिलामा विदेशी भूमिमा नै रहेका छन् ।
तीमध्ये ४० लाख ३२ हजारले आफ्नो अध्ययनलाई पूरा गरिसकेका छन् । तीमध्ये ३६ लाख ५० हजार विद्यार्थीले अध्ययनपश्चात रोजगारीका लागि स्वदेश रोजेका मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार