३ कार्तिक २०७८, बुधबार

आठौं वृहत राष्ट्रिय खेलकुद पुर्वाधारको काम अन्तिम चरणमा

प्रकाशित मिति :  १४ चैत्र २०७५, बिहीबार १३:०७


काठमाडौं । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणको काम चैत २५ गते भित्र सकिने भएको छ ।

भौतिक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले चैत २५ भित्र सम्पुर्ण पुर्वाधार बनिसक्ने बताएका छन् ।

प्रतियोगिताको उद्घाटन स्थल नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिट निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । भिआईपी प्याराफिटको निर्माणको काम अघि नबढ्दा प्रतियोगिता आयोजनाको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएका थिए ।

‘भिआईपी प्याराफिटको मात्रै निर्माण नभएको हो । प्याराफिट ठडाउने काम मात्र बाँकी रहेकाले ८० प्रतिशत काम सकिएको छ । अब १० दिन भित्र सबै काम सकिने राष्ट्रिय खेलकुद परिषदका सदूस्य सचिव केशवकुमार विष्टले बताए ।

प्रतियोगिता हुने बाँके, बर्दिया र स्थानीय तहमा आठौंको लागि सरसफाई, स्वागतद्वारा बनाउने र रंगरोहन गर्ने काम अघि बढेको छ । स्थानीय तहसंग सम्रन्वय गरि विभिन्न उपसमिति बनाउने काम अघि बढेको प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ ।

प्रदेश नम्बर ५ का खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले यसै बर्ष प्रतियोगिता आयोजना गर्न स्थानीयको चाहाना रहेको उल्लेख गरे । आठौंका लागि नेपालगञ्जमा मात्र करिब एक अर्वको लगानीमा भौतिक संरचनाको निर्माण भएको छ ।

यसैबिच,राखेपले चैत २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने गरि काम अघि बढेको जनाएको छ । खेलकुद मन्त्री जगत विश्वकर्माले समेत प्रतियोगिताको मिति तोक्न भोली ‘शुक्रबार’ परिषद्को बोर्ड बैठक बोलाएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता