माछापुच्छ्रे बैंकले ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै, १०.२५ प्रतिशत ब्याजदर-अर्ध बार्षिक भुक्तानी

इन्द्र रिजाल
चैत १४, २०७५ शुक्रबार ०:५०:५

काठमाडौं । माछापुच्छ्रे बैंक र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि निष्काशन प्रबन्धकको रुपमा एनएमबी क्यापिटलले सम्पन्न गर्ने छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरिसकेको जनाइएको छ। साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले बिक्रीको लागि आवेदन खुल्ला गरेको छ।
बैंकका अनुसार ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत दरको ब्याजदर रहेकोे छ। प्रति ऋणपत्र अंकित मूल्य १ हजार दरका ३० लाख कित्ताको जम्मा ३ अर्ब रुपैयाँ निष्काशित ऋणपत्रमा अठार लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट १२ बाह्र लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरिने भएको छ। ऋणपत्रको अवधि १० बर्ष रहने बैंकको भनाइ छ।
नेपाल स्टक ऐक्स्चेन्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिने छ। साथैआवश्यक पर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र धितो राखी क्रण लिन सकिने बैंकले जानकारी दिएको छ। ब्याजको भुक्तानी अर्ध बार्षिक रुपमा गरिने छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिंहको एकल इजलासमा
चैत २१, २०७९ मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार