काठमाडौं । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता सत्रुघन सिन्हाले भाजपामा लोकतन्त्र हराएको र तानाशाह हावी भएको बताएका छन् । सांसद पनि रहेका सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।
भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरुप उनीहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।
राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि कांग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।
पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गरेका छन् । उनी अहिले पनि भाजपाको सांसद हुन् ।
“भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उनले भने ।
उनले आफु पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि कांग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए ।
उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले कांग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए ।
्
कांग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रुपमा सिंहले काम गर्ने बताएका थिए ।
सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए ।
सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।