५ जेष्ठ २०७९, बिहीबार
खोज / विशेष

आईपीएल : मुम्बईको पहिलो जितमा बैंगलोरको दोस्रो हार !

प्रकाशित मिति :  १५ चैत्र २०७५, शुक्रबार ०६:५४


एजेन्सी । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा पहिलो जित निकालेको छ ।बिहिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान विराट कोहलीले ४६ रन जोड्दा पृथ्वी पटेलले ३१ रन बनाए । मोइन अली १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

यो जितसंगै मुम्बईले २ खेलबाट ४ अंक जोडेको छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बैंगलोर साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा