निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १३:३०:५२

अछाम । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर कसलाई पक्राउ गरेको हो रती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
पक्राउ गरेलगत्तै उनीहरुसँग ब्युरोले बयानसमेत लिइसकेको छ । बयानकै क्रममा शंका उब्जिएपछि उनीहरुलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो ।
पक्राउ परेका दुवैजना निर्मलाको हत्या भएको दिन कञ्चनपुरमै रहेको र घटनालगत्तै उनीहरु अछाम गएको बताइएको छ । राजधानी दैनिकबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
सीआईबीमा पूर्व सभामुख कृष्णबहादुर महराको तीन घण्टा
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार