८ कार्तिक २०७८, सोमबार

म्यानचेस्टर सिटीमाथि फिफाकाे कारबाही

प्रकाशित मिति :  १५ चैत्र २०७५, शुक्रबार ०८:५२


काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई फिफाले दुई सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ।

फिफाको नियमविपरीत युवा खेलाडी अनुबन्धनका लागि तेस्रो पक्षलाई रकम दिएको सार्वजनिक भएपछि सिटी संकटमा परेको हो। सिटीमाथि फुटबल संघ र प्रिमियर लिग आयोजकले पनि अनुसन्धान गरिरहेका छन्।

यस्तैमा सिटीले आफ्नो फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै फिफाले दुई सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न नपाउने गरी कारबाही गर्न लागेको हो।

यो कारबाहीमा युरोपेली फुटबल महासंघ पनि सहमत देखिएको छ। सिटीले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने जनाएको छ। यसअघि चेल्सीमाथि पनि यस्तै प्रतिबन्ध लगाइएको थियो।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा