एसईई परीक्षा रद्द : विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, जनकपुर तनावग्रस्त !
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १५:५२:१६
जनकपुर । सामाजिक विषयको एसईई परीक्षा स्थगित भएपछि जनकपुरका विद्यार्थी आन्दोलित भएका छन्। सामाजिक सञ्जालमा विहीबार नै सामाजिक विषयका प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयकाे परीक्षा स्थगित गरिएको छ ।
परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित भएको थाहा पाएका विद्यार्थीहरुले जनकपुरको विडारी चोकमा रहेकाे मधेश भवन अगाडि प्रदर्शन गरेका छन् ।
विद्यार्थीले त्यस क्षेत्रमा सार्वजनिक सवारी साधानमा तोडफोड समेत गरेका छन्। विद्यार्थीहरुको प्रदर्शनले उग्ररुप लिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने सार्वजनिक सवारी साधान सञ्चालनमा पनि रोक लगाईएको छ।
विद्यार्थीहरुको आन्दोलनपछि प्रदेश २ सरकारका कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादबले अहिले आकस्मिक बैठक समेत बोलाएका छन्। यसअघि विज्ञान विषयमा पनि प्रश्नपत्र बाहिरिएपछि उक्त परीक्षा पनि स्थगित भइसकेको छ। परीक्षामा लापरबाही अरुले गरेपनि हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आन्दोलनरत विद्यार्थीले चेतावनी दिएका छन्।
उता, वीरगञ्जको घण्टाघर क्षेत्र पनि तनावग्रस्त भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो ।
बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।
विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी विद्यार्थीले रु आठ लाखको लागतमा निर्माण भएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् र वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार