काठमाडौं । प्रश्नपत्र आउट भएपछि सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा ‘एसईई’ स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् ।
उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषयको परीक्षा भने प्रदेश दुईमा पनि हुने बताए ।
गत चैत १४ र १५ गते प्रदेश २ मा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनुअघि नै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेल अध्यक्ष रहेका माध्यामिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको थियो ।