८ कार्तिक २०७८, सोमबार

शान्ति मिसनमा १० हजार सुरक्षाकर्मी पुर्‍याइने, नेपाल उत्कृष्ट पाचौं मुलुक

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार ०७:२६


काठमाडौं । संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पुर्‍याउन तयार रहेको नेपालले जनाएको छ ।

शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघ मूख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ मूख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना तथा प्रहरीका लागि राष्ट्रसंघीय मूख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको मागसमेत गरेका छन् ।

विभिन्न ११ देशका १२ मिसनमा रहेर काम गरिरहेको नेपाल उत्कृष्ट पाँचौं मुलुक हो । हालसम्म शान्ति स्थापनार्थ खटिने क्रममा नेपालमा ७३ सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् । नागरिक दैनिकबाट


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा