१३ असार २०७९, सोमबार
राजनीति

‘फेसबुक बन्द गर्न लागिएको होइन करको दायरामा ल्याउन लगिएको हो’: सञ्चार मन्त्री बाँस्कोटा

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार ११:४३


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नसकिने बताएका छन् । उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्नु अकल्पनिय भएको बताउँदै नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनल भने,राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकार सञ्चारक्षेत्रलाइए व्यवस्थित गर्न सञ्चारसम्बन्धी छाता ऐन ल्याउने तयारीमा रहेको मन्त्री बाँस्कोटाले बताएका छन् ।

“लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ ।”

उनले सरकार फेसबुक बन्द गर्ने नीतिमा नभइ करको दायरामा ल्याउन लागेको बताए । उनले विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको बताए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता