८ कार्तिक २०७८, सोमबार

हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले देशैभर एक साथ हस्ताक्षर संकलन गर्दै

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार १२:०८


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत आइतबार आज राप्रपाले ७७ वटै जिल्लामा एकैसाथ हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गर्दैछ ।

काठमाडौंको बसन्तपुरमा दिउसो राप्रपाले हस्ताक्षर संकलन कार्यक्रम गर्दैछ । पार्टी अध्यक्ष कमल थापा भने हेटौंडाबाट हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । सोमबारवाट स्थानीय तहमा हस्ताक्षर संकलन गर्ने राप्रपाको कार्यक्रम छ ।

२५ गते ७७ जिल्ला सदरमुकाम, सातवटै प्रदेश र सिंहदरबारमा १ घण्टा धर्ना दिने कार्यक्रम पनि राप्रपाले सार्वजनिक गरिसकेको छ । जिल्ला तहका कार्यक्रम सकिएपछि राजधानी केन्द्रित कार्यक्रम गर्ने उसको योजना छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा