पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार २१:१३:४७

बेइजिङ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो ।
यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका कारण ७८ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका थिए । चीनमा नियमित झैं हुने गरेका घातक दुर्घटनाहरुले कारखानाको सुरक्षाप्रति चीनमा बेवास्ता गर्ने गरिएको देखाएको छ ।
गत नोभेम्बरमा उत्तरी चीनको झाङजियाकाउ प्लान्टमा ग्यास चुहिएर भएको दुर्घटनामा २४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । सन् २०१५ मा उत्तरी तटीय शहर तियानजिनमा भएको रसायन उद्योग विस्फोटमा १६५ जनाको मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट
असोज १६, २०८० मंगलबार
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला
असोज १६, २०८० मंगलबार
मधेसको सुरक्षाबारे जिल्लाका सीडीओसँग गृहमन्त्रीको छलफल
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार