२२ मंसिर २०७८, बुधबार

सोमबार पहाडी भागमा आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार २३:४८


काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने महाशाखाका मौसमविद वरुण पौडेलले बताएका छन् ।

मौसमविद पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने जानकारी दिएका हुन् ।

प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिने बताएको छ । पूर्वी क्षेत्रका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।

सोमबार पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, मंगलबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा सामान्यतया मौसम सफा रहनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा