८ कार्तिक २०७८, सोमबार

जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार २३:५६


ओखलढुंगा । ओखलढुंगामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत भएको छ । दुर्घटनामा ताप्लेजुङको ओलाङचुनगोलाका ५५ वर्षका मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षका साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षका ङवाङ सेर्तुङ शेर्पा, सोही ठाँउका ३५ वर्षीय नोर्बु शेर्पा, वाङदा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् ।

सोलुखुम्बुको जुनबेशी गुम्बाबाट पुजापाठ गरेर काठमाडौं फर्कदै गरेको बा १६ च २२०७ नम्बरको जीप दुर्घटना भएके हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा