६ माघ २०७८, बिहीबार

कांग्रेस सभापति देउवाद्धारा कार्यकर्तालाई उद्दारमा खटिन निर्देशन

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १०:४२


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा लगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् ।

सोमबार विहान सामाजिक संजाल मार्फत सभापित देउवाले बारा र पर्सा लगायतका क्षेत्रमा आएको प्राकृति विपितमा उद्दार र राहतमा उत्रिन कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।

‘बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु’, देउवाले सामाजिक संजालमा लेखेका छन् ।

आइतबार रातिको हावाहुरीका कारण त्यस क्षेत्रमा ३१ भन्दा बढिले ज्यान गुमाईसकेका छन् भने ४ सयभन्दा बढि घाइते भएका छन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा