६ कार्तिक २०७८, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा गहिरो दुःख व्यक्त

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार ११:३०


काठमाडौं । हावाहुरीबाट गए राति पर्सा र बारामा जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा