१९ मंसिर २०७८, आईतवार
मेडिकल कलेज / अस्पताल

एनसीसी बैंकका कर्मचारी र ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १२:२३


ceo ramesh-raj-aryal

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र स्टार हस्पिटल प्रा लि (सानेपा,ललितपुर) बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र स्टार हस्पिटलतर्फबाट प्रमुख संचालन अधिकृत डा.सन्देश जी.सीले हस्ताक्षर गरेको प्रबक्ता बन्दना पाठकले जानकारी दिईन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले स्टार हस्पिटलका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

ncc-bank

बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा