६ कार्तिक २०७८, शनिबार

भाजपाका नेता जोली भन्छन्, ‘हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्छ’

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १३:५१


काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताएका छन् ।

उनले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिए । स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आएका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताए ।

मन्त्री अधिकारीले आफूसँग नेपाली वायुसेवालाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा कुराकानी गरिरहने उनले स्मरण गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा