काठमाडौं । बारा र पर्सामा भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गहिरो दुःख व्यक्त गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले बारा र पर्सामा भएको दुखत घटनाले सिङ्गो पार्टी निकै दुखी भएको र सम्बन्धित घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशन दिएका छन् ।
जारि विज्ञप्तिमा भनिएको छ, “उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापन गरियोस।”