८ कार्तिक २०७८, सोमबार

बैदेशिक रोजगार : गुनासो सुन्न र सम्बोधन गर्न छुट्टै कल सेन्टर

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १९:४२


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीका सम्बन्धमा गुनासो सुन्न र सम्बोधन गर्न छुट्टै कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

सोमबार मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कल सेन्टरको शुभारम्भ गरे । देश, विदेशबाट सेवाग्राहीको गुनासो र जिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्नका लागि मन्त्रालयमै कल सेन्टर स्थापना गरिएको मन्त्री बिष्टले बताए ।

वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवं कार्यक्रमहरूबारे जानकारी लिन, सुझाव दिन वा गुनासो व्यक्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सिधै फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था भएको मन्त्री बिष्टले बताए ।

बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न उनले बताए ।

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा सञ्चालन भएको सेवाबाट स्वदेश र विदेशमा रहेका नेपालीले लाभ लिन सक्ने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा