२१ मंसिर २०७९, बुधबार

नेपाल टेलिकमको सेवा चार दिन देखि अवरुद्ध

प्रकाशित मिति :  १९ चैत्र २०७५, मंगलवार १२:१०


सिमकोट । दुर्गमको हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको टावरमा रहेको रेडियो लिंकमा पावर डाउन भएपछि विगत चार दिनदेखि टेलिकमका सबै सेवा अवरुद्ध भएका छन् ।

टावरमा रहेको सोलार प्यानलमा हिउ जमेको कारण पावर आपुर्ति नभएपछि पावर डाउन हुँदा रेडियो लिंकले काम नगर्दा संचार सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

टेलिकमको सिमकोट ६ स्थित छोबाखोरमा निर्माण भएको टावरमा रहेको सोलार प्यानलमा हिउ जमेको कारण विद्युत आपुर्ति नहुँदा रेडियो लिंकले काम गर्न छोडेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका इन्जिनियर सुशिम पोखरेलले बताए ।

शनिबारबाट हुम्लामा नेपाल टेलिकमका सबै सेवा बन्द रहेका छन् । आईतबार उपकरण सहित कर्मचारी टावरमा गएपनि हिउ फाल्न नसके पछि संचार सेवा सुचारु हुन नसकेको उनले बताए। सोमबार पनि हिउ पन्छाउन टोली गएको टेलिकम हुम्लाले जनाएको छ । अरु पार्टमा कुनै खराबी नआएको भए सोलार प्यानलको हिउ पन्छाउने बित्तिकै संचार सेवा सुचारु हुने पोखरेलले बताए।

सो टावर पुग्न उकालो तीन घण्टा पैदल लाग्ने गरेको छ । सेवा अवरुद्ध भएपछि जिल्लाबाट सबै तिर सम्पर्क विच्छेद भएको छ । संचार सेवा अवरुद्ध भए संगै इन्टर नेट सेवा पनि बन्द हुँदा संचारकर्मी यसबाट बढी प्रभावित भएका छन् भने जिल्लामा संचालित रेडियोका केन्द्रीय कार्यक्रमहरु पनि बन्द भएका छन् ।

ईन्टरनेट सेवाबाट हुने सबै सरकारी तथा गैर सरकारी संस्थाका कामहरु प्रभावित भएका छन् । अहिले जिल्लाको अवस्थाका बारेमा जानकारी लिन प्रहरीको सेटमा भर पर्नु परेको छ ।

त्यो पनि प्रहरी चौकी भएका स्थानहरुको सुचना उपलब्ध हुने गरेको छ । यता सदरमुकाम क्षेत्रमा नीजि क्षेत्र संचार सेवा प्रदायक निकाय एनसेलले केही रुपमा भएपनि काम गरि रहेको छ । त्यो पनि एकदम स्लो स्पिडमा रहेको छ ।

संचारकर्मीले जिल्ला अस्पतालमा रहेको वल्र्ड लिंकको इन्टरनेट सेवाबाट जिल्ला बाहिर समाचार सम्प्रेषण गर्नु परेको छ ।


13
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा