अछाममा चट्याङ लागेर १५ जना घाइते
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार २०:३९:१०
अछाम । अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । उनीहरु मध्ये सात जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा सोमबार राती परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन ।
बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भिमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर्गे बिक, १५ वर्षकी कल्पना बोहरा र ४० वर्षकी राधिका शाही हुन् ।
उनीहरु सबै तामकोट गाउँकै हुन् । गम्भीर घाइतेहरुलाई इलाका प्रहरी चौकि कालेकाँडाबाट गएको प्रहरी टोलीले उपचारका लागि चिलतडा स्वास्थ्य चौकिमा लगेको छ ।
घटनास्थल चिलतडाबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । चट्याङ लागेर घाइते भएका सोही गाउँका ४० वर्षका उज्वल सार्की, १९ वर्षका उपेन्द्र बोहरा, २५ वर्षकी निता दास र ६० वर्षकी जौकला दासको अवस्था भने सामान्य रहेको छ ।
त्यसैगरी रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ ।
सल्लीसैनमा घाइते भएका १६ वर्षकी खन्टी कुमारी दमाई, १३ वर्षका दिनेश दमाई, १२ वर्षकी रुपा दमाई र ७ वर्षकी गिता दमाइलाई सामान्य उपचारपछि घर फर्काइएको छ । उनीहरु एकै घरका दाजुबहिनी हुन् । चट्याङले उनीहरुकै घरको एक भैसी मरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार