१२ जेष्ठ २०७९, बिहीबार

बारको मतगणना जारी : लोकतान्त्रिक समूहका पोखरेलको अग्रता

प्रकाशित मिति :  १९ चैत्र २०७५, मंगलवार २३:१८


काठमाडौं । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेले अग्रता लिएका छन् ।

मंगलबार राति ९ः२० बजेसम्म दुई हजार ८०० मतगणना गर्दा पोखरेलले एक हजार ४३१ मत प्राप्त गरेका छन् भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ३५३ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले ९६४ मत प्राप्त गरेका छन्, भने प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापाले ९०० प्राप्त गरेका छन् । सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । बाँकी मत भोलि बिहान ९ बजेदेखि पुनः गणना गरिनेछ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


लयमा फर्कंदै डोटीको पर्यटन
नेपालबहस संवाददाता